दफा १०
अध्यक्ष तथा सदस्यको योग्यता
अध्यक्ष वा सदस्यमा नियुक्त हुनको लागि देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्नेछः– (क) नेपालको नागरिक भएको, (ख) उच्च नैतिक चरित्र भएको, (ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, र (घ) दफा ११ बमोजिम अयोग्य नभएको ।